दफा ५३
धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने
(१) धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिदिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको कोषमा जम्मा रहेको रकम तोकिए बमोजिम क्षतिपूर्ति व्यहोर्न प्रयोग हुनेछ ।